राज्य पूनसंरचना तथा राज्य शक्तिको बाँडफाँड समितिद्धारा निर्मीत उपसमितिले तयार गरेको अवधाणा र्सार्वजनिक भएपछि नेपाली राजनीतिक रंगमञ्चमा एउटा तरगं पैदा गरेको छ । त्यस उपसमितिले तयार गरेको अवधारणा अनुसार १४ र ६ प्रदेशको विकल्प सहितको खाका प्रस्तुत गरिएको छ । प्रस्तुत खाकाले नेपाली राजनीतिमा पहँुच र बर्चस्व हुने जाति वा वर्गले आफ्नो अधिकार सुनिश्चित गरेको देखिन्छ भने जुन वर्ग वा जातिको पहँुच र बर्चस्व दुवै छैन तिनका लागि राज्य हुने कुनै आधार पनि छैन र भएको आधारलाई समेत षड्यन्त्रपर्ूवक लत्याएको छ ।
खास गरि ठुला जाति वा शाषक वर्गलाई आफ्नो बर्चश्व कायम राख्न साना जातिलाई तिलाञ्जली दिने वा ठूला माछाले साना माछा मिल्ने परिपाटी स्पष्ट देखिएको छ । अहिलको अवधारणा हर्ेदा प्रष्ट देखिने विषयवस्तु पनि के हो भने हिजोको शाषित जाति अहिलेको यो प्रक्रियामा शासक जातिको रुप धारण गर्न पुगेको अनुभूति गराउने कार्य भएको छ । सारमा नयाँ संभ्रान्त वर्गको पगरी लगाउन तल्लीन देखिन्छ । हिजोको शासक वर्गलाई नारयणी, सुनकोशी, खप्तड, कर्ण्ााली र बिराटको नाममा विशेष अधिकार प्रदान गर्ने हाम्रा ठूला जातिको वैचारिक धरातल कुन हो भन्ने सवाल उठेको छ । ठूला जातिहरु पञ्चायत, बहुदलीय व्यवस्था हुँदै गणतन्त्रमा आउँदा शासक जातिमा रुपान्तरणको फड्को सँगै हिजोको उत्पीडक शासक वर्गको बाहुल्यता रहने गरी राज्य बनाउन काँधमा काँध मिलेको देख्दा हामी ठगिएको अनुभूति भएको छ । हामीले हिजो ठूला जातिसँग मिलेर एउटै स्वार्थको निम्ति वलिदानपर्ूवक लडेका थियौं । एउटै हाम्रो स्वार्थ शासक वर्गको सत्तापलट मात्र थियो तर अहिले शासकवर्गको सत्तापलट नभएर हामी माथिनै बज्रपात भएको छ ।
एकिक्रित ने. क. पा. माओबादीद्वारा शेर्पा स्वायत्त प्रदेशको घोषणा
मँसिर २९, २०६६ सोलुखुम्बु सल्लेरी एकिक्रित ने. क. पा. माओबादीको तेस्रो चरणको आन्दोलन कार्यक्रम अन्तर्गत् स्वायत्त प्रदेश घोषणा गर्ने क्रममा आज सोलुखुम्बु सदरमुकाम सल्लेरीमा शेर्पा स्वायत्त गणराज्यको घोषणा गरेको छ। सल्लेरी स्थित जि बि स कार्यलय प्राङगाणमा आयोजित कार्यक्रममा शेर्पा स्वायत्त प्रदेशको घोषणा पार्टी अध्यक्ष पुष्प कमल दहाल (प्रचण्ड) स्वायमले गर्नु भएको थियो। कार्यक्रमको लागी बिभिन्न जिल्लाबाट जनसमुदायको बाक्लो उपास्थिती रहेको थियो।
बाँकी अंश................................