संयुक्त राष्ट्रिय जनआन्दोलन, नेपाल
केन्द्रीय समिति
प्रेस विज्ञप्ती
हाम्रो नवगठित संयुक्त राष्ट्रिय जनआन्दोलन केन्द्रीय समिति सचिवालयको बैठक अध्यक्ष बावुराम भट्टराईको अध्यक्षतामा बस्यो । बैठकले संगठन, संघर्ष, राजनीति, आर्थिक विषयमा लिएको महत्वपूर्ण निर्णयहरु जानकारी गराउन यो प्रेस विज्ञाप्ती जारी गरिएको छ ।
१. महान जनयुद्ध, ऐतिहासिक जनआन्दोलनहरु, नेपाली मुक्ति आन्दोलन र अन्तर्रारिष्ट्रय जनमुक्ति आन्दोलनमा शहादत्त प्रप्त गर्नुहुने महान शहीदहरुप्रति एक मिनेट मौनधारण गरियो ।
२. संगठनवारे छलफल गर्दा पदाधिकारीहरुको कार्यविभाजन, विभागको गठन र जिम्मेवारी प्रदान गर्ने साथै राज्यको संयोजक चुन्ने काम भयो । जस अनुसार :
i उपाध्यक्षहरु मध्ये अमिक शेरचनलाई मध्य राज्यहरु -नेवाः, ताम्सालिङ्ग, तमुवान र अवधको तिलक परियारलाई पश्चिम राज्यहरु -सेम, भेक, थारुवान र मगरात) र रामकुमारी यादवलाई पूर्वी राज्यहरु -भोजपुरा, मिथिला, कोचिला, लिम्बुवान र किराात) हेर्ने जिम्मा दिइएको छ ।
ii राज्यको विभिन्न क्षेत्रहरुसाग सम्वन्धित कामहरुमा जनतालाई नेतृत्व गर्नर् र सहयोग पुर्याउन १८ वटा विभागहरु गठन गरियो । सो विभागको नेतृत्व गर्ने कार्यविभाजन पनि गरियो । जस अनुसार
१. योजना तथा अर्थ विभाग (बावुराम भट्टराई (संयोजक), दिल्लीराज खनाल, खड्क वहादुर विश्व कर्मा, अमृता थापा ।
२. सुरक्षा विभाग - जनार्दन शर्मा(सं), गणेशमान पुन, उमा भुजेल
३. सुचना संचार तथा जनसम्पर्क विभाग - नेत्र विक्रम चन्द(सं), राम रिझन यादव, महेश्वर दाहाल, ओम शर्मा
४. विदेश विभाग - कृष्ण वहादुर महरा(सं), सुरेश आले, मनोज थापा, लक्ष्मण पन्त, रेणु चन्द
५. प्रसाशन तथा कानून विभाग - पम्फा भुषाल(सं), खिमलाल देवकोटा, एकराज भण्डारी, मुक्ति प्रधान
६. संघीय मामिला तथा स्थानीय विकास विभाग - देव गुरुङ्ग(सं), गोपाल किराती, लोकेन्द्र विष्ट, भक्त वहादुर शाह, नविन वि.क.
७. शिक्षा सस्कृति विभाग - कुल वहादुर के.सी.(सं), घनश्याम पौडेल, माइला लामा, लेखनाथ न्यौपाने, मुक्ति खनाल, सीता आचार्य, ईश्वरचन्द्र ज्ञवाली, युवराज लामा,
८. स्वास्थ्य विभाग - गिरीराजमणि पोख्रेल(सं), मंगल वि.क., रुपा चौधरी, सत्य पहाडी
९. कृषि र सहकारी विभाग - लोकेन्द्र विष्ट(सं), केशव नेपाल, चित्र व. श्रेष्ठ, धिरेन्द्रा उपाध्याय
१०. उद्योग वाणिज्य तथा आपूर्ति विभाग - राम कुमार शर्मा(सं), कृष्ण आचार्य, शिव कट्टेल, ओनसरी घर्ति
११. पर्यटन, भौतिकपुर्वाधार र विज्ञान प्रविधि विभाग - हिसीला यमी(सं), विनोद उपाध्याय, देवी खड्का, रामबहादुर बोहरा
१२. उर्जा र जलस्रोत विभाग- लिलामणी पोख्रेल(सं), नन्दकुमार प्रसाईं, कृष्ण केसी, कुमारी मोक्तान
१३. भुमिसुधार विभाग - महेन्द्र पासवान(सं), बिष्णु चौधरी, रामकुमार पौडेल, असर्फी सदा
१४ श्रम तथा रोजगार विभाग - लेखराज भट्ट(सं), शालिकराम जमरकट्टेल, कल्पना धमला, इन्द्रजीत चौधरी, रनेन्द्र बराली
१५. समाज विकास विभाग - जयपुरी घर्ती(सं), रामचरण चौधरी, बिष्णुपुकार श्रेष्ठ, हुकुमबहादुर सिह,
१६. महिला, दलित, अल्पसंख्यक विभाग - शशी श्रेष्ठ(सं), पर्शुराम रम्तेल, हकिकुल्ला खाा, तुला बहादुर माझी, दामा शर्मा, दुर्गाजयन्ती राई,
१७. बन तथा बातावरण विभाग - प्रभु साह(सं), दयाराम न्यौपाने, जुनकुमारी रोका, सीता पोख्रेल, रामलौटन तिवारी,
१८. युवा तथा खेलकुद विभाग - टोपबहादुर रायमाझी(सं), शरदसिंह भण्डारी, धर्मशीला चापागाई, ज्ञानेन्द्र कुमाल, राजु खड्का
iii आन्दोलनका राज्यसमिति संयोजकहरुमा निम्न उल्लेखित कमरेडहरुलाई नियुक्त गर्ने काम भयो । जसअनुसार
सेम- भीमबहादुर कडायत,
भेक- खड्कबहादुर विक
मगरात- सन्तोष बुढा
थारुवान- रामचरण चौधरी
तमुवान- अमर तमु
नेवा- दिलबहादुर श्रेष्ठ
किरात- गोपाल किराती
कोचिला- पूर्णसिंह राजबंशी
तामसालिङ- कमानसिंह लामा
लिम्बुवान- श्री जवेगु
मधेस- (पछि तोक्ने)
३. आन्दोलनले घोषणा गरेका संघर्षका कार्यक्रमहरुलाई प्रभाबकारी ढङ्गले संचालन गर्ने र कार्यक्रमहरु बारे स्पष्टता ल्याउन भाद्र १९ गते काठमाडौंमा बृहत अन्तक्रिया कार्यक्रम गरिने छ ।
४. आन्दोलनका घोषणा पत्र र बिधानलाई प्रकाश गरी जनताको बीचमा पुर्याउने निर्णय गरीएको छ ।
५. संविधानसभा निर्वाचनमा प्राप्त मतको समानुपातिक प्रतिनिधित्व अनुरुप नभएसम्म स्थानीय निकायहरु गठनलाई बहिस्कार गरिने छ ।
६. गाउदेखि जिल्ला तहसम्म संघर्ष संचालन गर्न र जनताका दैनिक कामकार्यहरु (विकास निर्माणदेखि न्याय निसाफसम्म) मा सहयोग पुर्याउन आन्दोलनका स्थानीय समितिहरु बनाउने निर्णय भएको छ ।
७. धनुषा, रौतहट, ताप्लेजुङलगायत देशभरी माओवादी कार्यकर्ता र नेताहरुको बिरुद्ध सन्चालन गरीएका हत्या, आक्रमणहरुको भण्डाफोर गर्ने, क्षतिपूर्ति दिलाउने र प्रतिरोध गर्ने निर्णय गरिएको छ ।
८. झाडापखाला, बाढिपहिरोबाट पीडित गाउ/परिवारलाई राहत उपलब्ध गराउन सरकारलाई दवाव दिने निर्णय भएको छ ।
मिति-०६६ भाद्र १४
................................
अध्यक्ष
डा. बाबुराम भट्टराई
केन्द्रीय समिति
संयुक्त राष्ट्रिय जनआन्दोलन, नेपाल