शेर्पा जातिको गौरव र वर्तमान अवस्था

शेर्पा जाति नेपालको आदिवासी हुन्, शेर्पा जातिलाई आजसम्म कुनै पनि शासक प्रशासकहरूले दयाँ, माया र करुणाले यहाँसम्म ल्याएको पनि होइन बरु आजभन्दा २२४१ वर्ष (२३६ इशापूर्व) पहिले देखि नेपालमा आफ्नो अस्तित्व कायम गरेको कुरा इतिहासकार बाबुराम आचार्यको अध्ययनबाट पुष्टि गरेको पाइन्छ । शेर्पा जातिको आफ्नै भाषा लिपि, धर्म संस्कृति छ साहित्य र कलाका धनी शेर्पाहरू आफ्नै श्रम, मेहनती र इमान्दारिताले बाँचेका छन् । बुर्द्धधर्मको धर्म दर्शन अख्तियार गर्ने शेर्पा जातिलाई राज्यबाट स्वतन्त्र र राज्यको हरेक क्षेत्रमा समान ढंगले अगाडि बढ्ने अवसर मात्र पाएको भए पनि सिंगो नेपाली समाजलाई नयाँ परिचय दिन सक्ने तागत शेर्पा जातिको समुदायमा छ भनेर हामी ठोकुवा गर्न सक्छौँ ।

आफ्नो सीप, कला, ज्ञान र विवेकको सही ढंगले प्रस्तुत गर्ने अवसर नदिएर कुन्ठीत हुनुभन्दा विदेशमा गएर पनि केही गरौँ भन्ने विचारका साथ राष्ट्रभन्दा बाहिर जाने शेर्पाहरू प्रसस्तै छन् । शेर्पा जातिको तागतलाई नेपालका शासकीय चरित्रका सरकारले कहिले राष्ट्रहितमा उपयोग गर्न सकेन तर शेर्पा जातिको इमान्दारीता र स्वाभीमानी गौरव गाथा कहिलै भूल्न नसकिने तथ्य हुन् । त्यसैले आफ्नो जातीय अस्तित्वलाई जसरी पनि बचाई राखेका छन् । इतिहासको महत्वपुर्ण संविधान आफैले चुनेका प्रतिनिधिहरुबाट लेख्ननको लागि नेपालको १० वर्षजनयुद्धमा करीब सत्तरी जना शेर्पा सपूतहरूले बलिदान दिएर महान् शहिद भएका छन् । यो नै शेर्पा जातिको सबैभन्दा ठूलो गौरवको विषय हो ।

उपरोक्त शेर्पा जातिको पहिचान हुँदाहुँदै पनि नेपालको हिन्दु अधिनायकवादी राजतन्त्रको एक जाति, एक भेष, एक धर्म, एकदेश भनेर जातीय अस्तित्व नै नामेट पार्ने षडयन्त्रद्वारा लामो समयकाल सम्म आफ्नो अस्तित्व रक्षामा जुट्नु बाहेक केही पनि थप विकास गर्ने कुरा कल्पनामा सिमित बन्न पुग्यो, बाँच्नको लागि श्रम र श्रमको लागि दास बन्नु पर्ने सामन्ती शासकको कुनियत श्रम रोजगारको नाममा कैयौँ शेर्पाहरू आज विदेशमा पलायन भएका छन् । विदेशीनु पर्ने बाध्यता, विवशताले शेर्पा जातिको आदि थलोहरू, आज अरु नै जातीय समुदायाबट आफ्नो पकड बनाउँदै लगिएको दुःखद स्थिति बनेको छ । अब हामी शेर्पा जातिले गम्भीर ढंगले सोच्नु पर्ने दिन आएको छ ।

विश्वको नजरमा समेत सामरिक महत्वको जल, जडीबुटी, खानी, जंगल र जंगली जनावर, पशुपंछी लगायत प्राकृतिक सम्पदाको हिसाबले समेत सम्पन्न नेपालको ७५ प्रतिशत क्षेत्र हामी शेर्पा जातिको बसोबास रहेको आदि थलो उच्च पहाडि र हिमाली भू-भागहरू नै पर्दछन् । हामीले हाम्रो आफ्नो कर्तव्य भविष्यको हाम्रो जातीय अस्तित्वको निरन्तर रक्षा र विकासको लागि पनि राजनैतिक थलो वा स्वायत्त प्रदेश कायम गरेर अझ मजबूत बनाउन त्यतिकै जरुरी भएको छ । अझै पनि हाम्रो इतिहास लुकाइएको छ अधिकार खोसिएको छ, अस्तित्व दबाइएको छ हामीले इतिहास खोज्नु छ, अधिकार लिनु छ अस्तित्वलाई उठाउनु छ । जसको लागि पनि हामीले एकजुट हुनु जरुरी छ। हामीले आफ्नो शेर्पा स्वायत्त प्रदेश कायम गर्नु छ ।

प्रमुख समाचर