नेपालको जातीय समुदायहरू असमान राजनैतिक अवस्थामा रहेको कारण समानताका आधारमा प्रतिस्पर्धा गर्ने वातावरण बनाउन,
जातीय आधारमा नेपालको संघीय संरचना निर्माण अनिवार्य हुनु किनकि नेपालको भूगोल उत्पीडित होइनकी यहाँका आदिवासी जाति जनजाति शोषित पीडित हुनु । शेर्पा जाति नेपालको एक आदिवासी जाति हुनु,
शेर्पा समुदायलाई जातीय परिभाषाबाट भिन्न गर्न नसकिने। शेर्पा जातिको मौलिकता र भिन्नै संस्कृति भाषा भेषभूषा हुनु,
संघीय गणतन्त्र नेपाल निमार्णको लागि र जातीय, क्षेत्रिय, वर्गीय, लिङ्गीय मुक्ति आन्दोलन र संघर्ष अगाडि बढ्दै जातीय स्वायत्तता स्वशासन र स्वाधिनताको लागि त्याग, समर्पण, योगदान तथा वलिदानको महत्व र उदेश्य नै राजनैतिक अधिकार प्राप्तिको निम्ति हुनु,
राजनैतिक अधिकारको पुर्णता स्वायत्तताबाटै मात्र प्राप्त हुन सक्ने र वर्तमान नेपालको राजनैतिक कार्य दिशा नै संघीय गणतन्त्र हुनु,
संघीयताको स्वरूप निर्माणमा शेर्पा जातिको आदि थलोको ऐतिहासिकता र वर्तमान राजनैतिक, सामाजिक, आर्थिक र धार्मिक सांस्कृतिक हरेक दृष्टिकोणले विशिष्ट र बेग्लै महत्व स्थापित हुँदै आउनु,
नेपालको २४० वर्षो राजतन्त्रात्मक हुकुमी शासनले राजनैतिक अधिकारबाट बञ्चित बनाइएको कारण शासकीय जातिहरूसँग प्रतिस्पर्धा गर्न नसकिने,
राजनैतिक प्रतिस्पर्धाको लागि शेर्पा जातिको छुट्टै वस्तुगत आधार तयार हुनुपर्दछ र त्यो आधार एक मात्र शेर्पा स्वायत्त प्रदेशबाहेक विकल्प नहुनु,
हालसम्मको नेपाली जनताको शोषणको विधि प्रक्रिया राजनीतिक, जातीय र क्षेत्रिय नै भएकोले मुक्तिको आधार पनि राजनीतिक, जातीय र क्षेत्रिय स्वायत्तता र स्वशासनबाट मात्र हुने,