मोर्चाको उपलब्धिहरू..

राष्ट्रिय भेलाबाट शहरी संगठन विस्तारमा सफलता, प्रचारको हिसाबले महत्वपूर्ण उपलब्धि हुनु जसका गतिविधिहरू निम्न छन्,

संगठन सम्बन्धी शेर्पा बाहुल्य रहेका १७ वटा जिल्लाहरुमा जिल्ला संगठन र २६८ गा.वि.स.हरुमा गाउँ समिति गठन हुनु संगठनको उपलब्धिहरु हुन,

राजतन्त्र विरोधी तथा देशको गणतन्त्र विरोधी पक्षधरको हत्या हिंसा र नरसंहारको विरुद्धको आन्दोलनमा सभा, जुलुसहरू निकाल्नु ।

हिमाली र उच्च पहाडी क्षेत्रमा बसोबास रहेका विभिन्न जातीय समुदायहरूको सामाजिक संघ संगठन र शेर्पा जाति अन्तरगतका महिला विद्यार्थी तथा सामाजिक संघ संगठनहरूसँगको पटक पटकको छलफल अन्तरक्रियाबाट मोर्चाको महत्व र प्रभावकारिता कायम हुन सक्नु,

संघीय गणतन्त्र विधिवत घोषीत हुनु पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सामु २७ बुँदे मागसहितको ज्ञापनपत्र बुझाइनु ।

मोर्चाको संगठन विरोधी गतिविधि र आर्थिक नाकाबन्दीलाई सिथिल बनाउन सक्नु र शहीदहरूलाई राष्ट्रव्यापी रूपमा स्थापीत गर्ने विषयमा सफल हुनु,

शेर्पा समुदायको बौद्धिक, विद्वत सामाजिक र व्यवसायिक व्यक्तित्वहरु बीच मोर्चालाई स्थापित गर्न सक्नु र सबै किसिमको सहयोग प्राप्त गर्न सक्नु,

राष्ट्रव्यापी रूपमा शेर्पा राष्ट्रिय मुक्ति मोर्चा, नेपाल स्थापित गर्न सक्नु,

शेर्पा स्वायत्त प्रदेश प्राप्तिको लागि शेर्पा राष्ट्रिय मुक्ति मोर्चाको महत्व पूर्ण कार्यनीतिक लक्ष्य सफलताको निकटतम बिन्दुमा पुग्न सक्नु,

विगतमा संगठीत हुन नसकेका शेर्पा जातिका शिक्षक, विद्यार्थी, डाक्टर र् इन्जीनियर, प्रोफेसर, व्यापारी, उद्योगी, इतिहासविद्, दर्शनविद्, भाषाविद्, समाजशास्त्री, राजनीतिज्ञ, सबैलाई केन्द्रीत गरी नेपालको संघीय गणतन्त्रको नमूना संविधान निर्माण कार्यशाला गोष्ठी सम्पन्न गर्न सफल हुनु,

शेर्पा मोर्चाको मुखपत्र "खाङ्ग्री सांग्युर" हिमाली सन्देश निरन्तर प्रकाशन गर्न सक्नु,

संघीय गणतन्त्र नेपाल र शेर्पा स्वयात्त प्रदेश नामक शेर्पा मोर्चाको राजनैतिक र सैद्धान्तिक अवधारणामा आधारित दस्तावेज पुस्तक प्रकाशन गर्न सक्नु,

सामाजिक, धार्मिक, पक्षका बौद्धिक समुदायहरू सक्रिय रूपमा मोर्चामा क्रियाशील हुनु,

शेर्पा स्वायत्त प्रदेशको लागि र शेर्पा जाति सम्बन्धी महत्वपूर्ण विषयमा ने.क.पा. (माओवादी) पार्टीलगायत सबै राजनैतिक दलहरूको कार्यालयमा डेलीगेसन टोली बनाई ज्ञापनपत्र बुझाईनु ।

प्रधानमन्त्रीको कार्यालयमा राष्ट्रिय सम्मेलन, आयोजक समितिको टोली पुगी गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल क. प्रचण्ड समक्ष शेर्पा स्वायत्त प्रदेशको माग र शहिदहरूलाई राष्ट्रिय शहिद घोषणा र सम्बन्धित परिवारहरूलाई क्षतिपूर्ति र दीर्घकालीन व्यवस्थासम्बन्धी माग पत्र पेश गरेको, अबको संविधानमा शेर्पा स्वायत्त प्रदेशको स्पष्ट संवोधन गरिने लगायत मागपत्रमा उल्लेखित सबै विषय पूरा गर्ने वचन बद्धता नै हालसम्मको शेर्पा मोर्चाको महत्वपूर्ण उपलब्धिहरू हुन् ।

प्रमुख समाचर