१. भिन्न दलिय विचार तथा व्यवसायमा छरिएर रहेका आम शेर्पा जातिलाई मोर्चामा आबद्ध गराउन तथा एउटै विशाल र मजबुत संगठन निर्माण गर्ने,
२. शेर्पा राष्ट्रिय मुक्ति मोर्चा, नेपालको एक देशभक्त (जनवादी) गणतन्त्रवादी साझा राजनीतिक मोर्चा हो भन्ने तथ्यलाई आम समुदायले दृढतापूर्वक स्थापित गर्ने । शहिद परिवारलाई शाही राजतन्त्र पक्षधरका जनविरोधीलाई युद्धका क्रममा मारिन्दा १० लाख दिए सरह नदिए मोर्चाले विरोध पर्रदर्शन तथा संर्घषको रुप धारण गर्ने,
३. स्वस्थ, शिक्षित, स्वावलम्बी, सुसम्पन्न रहेको प्रतिस्प्रधात्मक नागरिक समाज सृजना गर्ने,
४. युग सुहाउँदो पुर्वाधार सहितको विकसित राज्य स्थापना गर्ने,
५. पुर्णतया समावेशी तथा समानुपातिक प्रशासनको व्यवस्था गर्ने,
६. आर्थिक तथा सामाजिक रुपले विपन्न वर्ग, महिला, आदिवासी, जनजाति, अल्पसङ्ख्यक समूहहरूको उत्थानको लागि समानुपातिक र विशेष लक्षित कार्यक्रम राखिने,
७. अन्याय, अत्याचार, नातावाद कृपावाद, भ्रष्टाचारी तथा सामाजिक कुरीति, विसंगति मुक्त राज्य सञ्चालन गर्ने,
८. हाल शेर्पा मोर्चाको अवधारणाभित्र शेर्पा स्वावयत्त प्रदेश भनी इंगित गरिएको (भौगोलिक) क्षेत्र भित्र बसोबास गरेका अन्य समुदायबीचको अन्तरसम्बन्ध र थप अध्ययनमा जोड दिईने,
९. पूर्व ताप्लेजुङको उत्तर क्षेत्रदेखि पश्चिम रसुवाको उत्तरी क्षेत्र गणेश हिमालसम्म ताप्लेजुङ, तेह्रथुम, भोजपुर, संखुवासभा, खोटाङ, ओखलढुङ्गा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा जिल्ला हुँदै गणेश हिमालसम्मको शेर्पा गाउँबस्तीसहित सम्पुर्ण सोलुखुम्बु, जिल्ला समेटि्ने गरी स्वायत्त प्रदेशको भौगोलिक क्षेत्र निर्धारण गर्ने,
१०. स्वायत्त प्रदेशको जनसंख्या ३,००,००० लगभग हुनेछ । काठमाडौं तथा अन्य जिल्लामा बसोबास गरिआएको शेर्पाहरूको मूल थलो उपरोक्त प्रदेशमा नै हुनेछ । हाल व्यवसायी र विवशताले मात्र अस्थायी बसोबास गरेकोले भविष्यमा आफ्नै प्रदेशमा पुनःस्थापनाको लागि प्रोत्साहन गर्ने,
११. प्रत्येक घरमा न्यूनतम एक जना स्नातकोत्तर र स्वायत्त प्रदेश बासी सबैलाई उच्च माध्यमिक उत्तीर्ण हुने व्यवस्था गर्ने। उक्त लक्ष्य हासिल गर्न उच्च माध्यमिक तहसम्म अनिवार्य र निःशुल्क शिक्षा राज्यबाट व्यवस्था गरिने,
१२. माध्यमिक तहमा उत्कृष्ट स्थान ल्याउने विद्यार्थीहरूलाई उच्च माध्यमिक तहमा निजले रोजेको विषयमा अध्यापन गराउने सम्पुर्ण खर्च राज्यले व्यवस्था गर्ने,
१३. शेर्पाहरूको पूर्खौली कला जस्तै थाङ्का लेख्ने, मेटल क्राफ्ट, क्लेक्राफ्ट, कार्पेट बुन्ने, मणी बनाउने, कलाहरूलाई वैज्ञानिक ढङ्गले आधुनिकीकरण तथा व्यवसायिक बनाउन व्यवस्था मिलाउने,
१४. शेर्पा भाषा शेर्पा विद्यार्थीहरूको लागि अनिवार्य विषय बनाई अध्यापन गराइने । गणतन्त्र नेपालभित्र र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक बनाउन नेपाली भाषा, अंग्रेजी भाषामा विशेष अध्यापन गराउने । राज्यको हरेक क्षेत्र-प्रशासन, लेखा, परराष्ट्र, कानुन, प्राविधिक क्षेत्र, सेना, प्रहरी, डाक्टर, नर्स, व्यवस्थापन हरेक क्षेत्रमा शेर्पा स्वायत्त प्रदेशबाट स्थानीय तथा केन्द्रीय स्तरमा प्रवेश हुने गरी उचित तालिमको व्यवस्था मिलाउने।
१५. यो क्षेत्र युगौदेखि कृषिमा आधारित भएकोले हाम्रो परम्परागत कृषि उत्पादनलाई आधुनिकीकरण गरी बढी उत्पादकत्व हुने कृषि उत्पादनमा सक्रिय गराउन योजना तर्जुमा गर्ने,
१६. नेपाल राज्यभित्र उत्कृष्ट पर्यावरण स्थलको रूपमा परिचय गराउन वन र अन्य कृषि क्षेत्रको अनुपात ५०:५० मा कायम गरी नियन्त्रण गर्ने । यस क्षेत्रमा रहेको डाँफे, मुनाल, लुइचे, चराचरुङ्गी, हाब्रे, कस्तुरी, हिम चितुवा तथा अन्य वन जंगल लगायत प्राकृतिक सम्पदाको संरक्षण गर्ने,
१७. उद्योग तर्फ ससाना घरेलु तथा ग्रामीण उद्योगमा जोड दिनुको साथै जलविद्युतमा आधारित (क्याप्टिभ कन्जम्प्सन) हुने प्रकारको ठूलो उद्योगहरूको पहिचान गर्ने,
१८. चीन (तिब्बत) नेपाल व्यापार सम्बन्धमा पूर्खौदेखि शेर्पा लगायत हिमाली क्षेत्रको जनजातीहरूको सामाजिक र सांस्कृतिक विषयसँग सम्बन्धित आवश्यकीय सम्बन्ध भएकोले आधुनिक चीनबाट नयाँ नेपाललाई हुने फाइदाजनक व्यापारको पहिचान गरी प्रवर्द्धन गर्दै लैजाने।