मोर्चाका तत्कालीन कार्यक्रम...

१. राज्य पुनः संरचना आयोगमा शेर्पा मोर्चाको प्रतिनिधि छनौट गरी पेश गर्ने,

२. राष्ट्रिय योजना आयोगमा शेर्पा जातिको तर्फाट कम्तिमा १ जना सम्बन्धित विषय विशेषज्ञ वा विज्ञ व्यक्तिको छनौट गरी पेश गर्ने,

३. शेर्पा मोर्चाको स्थापना कालदेखि हालसम्मका शहीदहरूको नाममा मोर्चाको केन्द्रीय समिति र शहिद परिवारहरू, सदस्य रहने गरी शेर्पा शहिद स्मृति प्रतिष्ठान स्थापना गर्ने,

४. मातृभाषा र लिपिमा अध्ययन अध्यापन गर्न/गराउन सम्बन्धित निकायसँग पहल गर्ने र शेर्पा स्वायत्त स्थापना पश्चात् व्यवस्थित गर्दै लैजाने,

५. शेर्पा स्वायत्त प्रदेशको सिमांकनसम्बन्धी आयोग गठन गर्ने । राज्य पुनसंरचना आयोगले कार्य शुरु गर्नु अगावै शेर्पा स्वायत्त प्रदेशको सिमाङ्कनबारे विस्तृत प्रतिवेदन तयार गरिसक्ने,

६. प्रवासी शेर्पा समुदायसँग सम्पर्क व्यवस्थित गर्न एक विदेश विभाग केन्द्रीय कार्यालय मातहत रहने गरी निर्माण गर्ने,

७. निरन्तर जन सम्पर्क र जनसम्बन्ध सुदृढिकरणको कार्यक्रम तर्जुमा गर्ने,

८. विद्यमान राज्य संरचनामा शेर्पा स्वायत्त प्रदेश निर्माण पछि प्रदेश र केन्द्र सरकारको राजनीतिक, आर्थिक, सामाजिक संरचनामा समानुपातिक प्रतिनिधित्व हुने गर्ने गरी तत्कालिन संरचनामा सहभागिताको जोड दिने,

९. शेर्पा स्वायत्त प्रदेशको आवश्यकता, अनिवार्यता र महत्वबारे शेर्पा समुदायमा जनचेतना जागरण अभियान सञ्चालन गर्ने,

१०. हाल शेर्पा समुदायमा रहेको शैक्षिक तथा विद्धान वर्गहरूको तथ्यांक संकलन गरी भविष्यमा निर्माण हुने शेर्पा स्वायत्त प्रदेशको हितमा परिचालन गर्ने,

११. आगामि एक वर्षभत्र शेर्पा स्वायत्त प्रदेशको सत्ता सञ्चालनको दीर्घकालीन नीति तर्जुमा गर्ने,

१२. अन्य स्वायत्त प्रदेशभित्र रहेका शेर्पाहरुलाई जातीय स्वशासन र विशेषाधिकारको लागि राज्यको संघीय नीतिले सम्बोधन गर्ने गरी संविधानमा उल्लेख गर्ने,

१३. संबोटा लिपि, नेपाली र अंग्रेजी भाषा मिश्रति भित्ते पात्रो नयाँ वर्षो उपलक्ष्यमा केन्द्रीय प्रकाशन विभागद्वारा निकाल्ने,

१४. राष्ट्रिय सम्मेलनको भाव र जातीय आत्मनिर्णयको अधिकार, स्वाशासन, स्वायत्तता, विषेशाधिकार र राष्ट्रिय मुक्ति आन्दोलनबारे विस्तृत रचना संकलन गरी हिमाली सन्देशको विषेशाङ्क प्रकाशन गर्ने,

१५. देश तथा विदेशमा रहेको शेर्पाहरुसंग राजनैतिक तथा सांस्कृतिक सम्बन्ध कायम गर्न केन्द्रीय कार्यालयको तर्फाट नयाँ वर्षो उपलक्ष्यमा शुभ-कामना कार्ड छापेर वितरण गर्ने,

१६. बौद्ध धर्मलम्बी शेर्पाहरु र लुम्बिनी बीच विशेष सम्बन्ध भएकोले लुम्बिनी विकास कोषमा शेर्पा विज्ञ वा बौद्ध धर्मका विज्ञलाई सिफारिस गरी लुम्बिनीको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने ।

प्रमुख समाचर