१. प्रत्येक वर्षराज्यले जेहेन्दार विद्यार्थीको लागि निजले इच्छाएको विषय जस्तै इन्जिनियरिङ, डाक्टर नर्स, व्यवस्थापन, कानुन, सञ्चारलगायत विभिन्न प्राविधिक तथा अन्य व्यवसायिक विषयमा कोटा निर्धारण गरी प्रवेश तथा छात्रवृत्ति दिलाउने व्यवस्था गर्ने । प्रदेशको प्रत्येक जिल्लामा नमूना विद्यालयहरूको स्थापना गराउन निजी क्षेत्रलाई प्रोत्साहन गर्ने । राज्यको तर्फबाट एक-एक वटा उत्कृष्ट विद्यालयको स्थापना गर्ने,
२. स्वायत्त प्रदेशमा एउटा विश्वविद्यालय स्थापना गरी त्यस विश्वविद्यालयको रोहवरमा हरेक जिल्लामा इन्जिनियरिङ, मेडिकल, डेन्टल, नर्सिङ, फरेष्ट्री, आर्टस्, साइन्स व्यवस्थापन तथा अन्य फ्याकल्टीको स्नातक र स्नातकोत्तर तहको कलेजहरू स्थापना गर्ने,
३. स्वायत्त प्रदेशको हरेक जिल्लाको सदरमुकाममा एक आधुनिक अस्पताल स्थापना गरिनेछ । प्रदेशको प्रत्येक गाऊँ (नगर), वडा क्षेत्रमा एक-एक वटा स्वास्थ्य सेवा केन्द्र स्थापना गर्ने,
४. सम्पूर्ण क्षेत्रलाई जैविक उत्पादन तर्फ लैजाने र त्यसक्षेत्रको उक्त उत्पादनबाट अधिकतम लाभांस लिने योजना तर्जुमा गर्ने,
५. सोलुखुम्बु जिल्लाको कृषि उत्पादन क्षेत्रलाई आलु अनुसन्धान केन्द्र बनाउने र उक्त केन्द्रको एक्स्टेन्सन रामेछाप, दोलखा तथा अन्य क्षेत्रमा विकसित गर्दै लैजाने र जैतुन खेतीको उत्पादन र प्रशोधन गर्ने,
६. स्वायत्त प्रदेशमा उत्पादित अनाजहरू जौ, फापर, उवा, कोदो, मकै, आलु लगायत सबै किसिमका खाद्य वस्तुहरूको उचित प्रशोधन गरी छिमेकी तथा अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने योजना बनाउने,
७. चौंरीपालन र भेडापालनको व्यवसायमा इसिमोडको प्रतिवेदन बमोजिम विशेष क्षेत्र बनाउन योजना बनाउने,
८. हिमाली क्षेत्रमा उपलब्ध जडिबुटीको प्रशोधन गरी शहर तथा विदेशमा उचित मूल्यमा बिक्री वितरण गर्ने, बजार प्रवर्द्धन गर्ने,
९. प्रथम दश वर्षभित्र ठूला जलविद्युतमा १००० मेगावाट र साना तथा लघु जलविद्युतबाट २०० मेगावाट विद्युत उत्पादन गर्ने,
१०. गणतन्त्र नेपालमा सबैभन्दा बढी जि.एन.पि. तथा प्रतिव्यक्ति आय आर्जन हुने प्रदेश हुनेगरी योजना कार्यान्वयन गर्ने,
११. शेर्पा स्वायत्त प्रदेशको हरेक जिल्ला राष्ट्रिय मार्गमा र प्रादेशिक केन्द्रमा जोडिने गरी राजमार्ग विकास गरिने र प्रत्येक गाउँहरूमा पुग्ने गरी मोटर बाटो तयार गर्ने । बाटो नपुग्ने ठाउँहरूमा झोलुङ्गे पुल, गोरेटो बाटो आदि तयार गर्ने । प्रत्येक जिल्लामा एक-एक वटा हवाई मार्ग तयार गरिने,
१२. शेर्पा स्वायत्त प्रदेशको हरेक जिल्लाको उत्कृष्ट स्थानको चयन गरी पर्यटकीय क्षेत्र तयार गर्ने। एक वर्षमा एक लाख ट्रेकिङ पर्यटक तथा ३ लाख आन्तरिक पर्यटक र १०,००० एक्सपिडिसन पर्यटक भित्राउन योजना तर्जुमा गर्ने,
१३. प्रत्येक जिल्लामा न्युनतम एक एक वटा ूख्ष्ििबनभ त्यगचष्smू पर्यटकीय ग्राम स्थापना गर्ने,
१४. शेर्पा स्वायत्त प्रदेशलाई विश्व कै एक अनुपम उदाहरणीय पर्यटन क्षेत्र बनाउन योजना तयार गर्ने। प्रदेशमा स्थापित गुम्बाहरूमा विभिन्न कार्यक्रमहरु तयार गरी पर्यटकहरूलाई निम्त्याउने योजना तयार पार्ने। उक्त कार्यक्रमबाट संकलित रकम तोकिएअनुसार गुम्बाको व्यवस्थापनमा खर्च गर्ने,
१५. गुम्बाहरूमा योगा, प्रवचन तथा शिक्षणको कार्यक्रमहरू तयार पार्ने,
१६. शेर्पा जातिको भाषा लिपिमा शिक्षालाई वैज्ञानिक एवं व्यवसायिक शिक्षामा रूपान्तरण गर्न विशेष शिक्षा नीति अपनाउने,
१७. हिमाली भेगमा रहेको तिर्थस्थल र महत्त्वपूर्ण ताल, पोखरी र कुण्डसम्म पुग्न केबुलकारको व्यवस्था गर्ने,
१८. हिमाली भेगमा अवस्थित ठूल-ठूला घाँसे मैदानहरुलाई हाई अल्टिच्युट गल्फ ट्रेनिङ सेन्टरको रुपमा विकास गर्ने,
१९. हिमाली भेगको उच्च पहाडहरुलाई प्याराग्लाईडिङको उर्वरा थलो बनाई पर्यटन प्रवर्द्धनमा विशेष योजना तर्जुमा गर्ने,
२०. उच्च हिमाली भेगको पानी ८० देखि ९० प्रतिशत मिनरल वाटर हुने भएकोले ठूल-ठूला मिनरल वाटर कारखाना बनाई देश विदेशमा निर्यात गर्ने,