शेर्पा मोर्चाको मार्ग दर्शन र सिदान्त...

क) मार्क्सवाद-लेनिनवाद-माओवाद र प्रचण्डपथ शेर्पा राष्ट्रिय मुक्ति मोर्चा, नेपालको बैचारिक मार्गनिर्देशक सिद्धान्त हुनेछ। विश्व र्सवहारा वर्गको प्रतिनीधित्व गर्दै अगाडि बढी रहेको ने.क.पा. (माओवादी) यस मोर्चाको बैचारिक नेतृत्वदायी केन्द्रीय शक्ति हुनेछ ।

ख) नयाँ राज्य संरचनामा विकास हुने वर्गीय, जातीय, लिङ्गीय, क्षेत्रीय आदि उत्पीडनबाट मुक्त हुन साम्राज्यवाद, बिस्तारवाद, प्रतिक्रियावाद र कथित उच्च जातीय अहंकारवादको विरुद्ध संचालन हुने सबै खाले संर्घषमा यो मोर्चाले सक्रिय समर्थन जनाउनेछ ।

ग) "जातीय मुक्तिको आधार-आत्मनिर्णयको अधिकार" को संबैधानिक व्यवस्था र ग्यारेन्टीको लागि जातीय स्वशासन र स्वायत्तताको मान्यतालाई ढृढतापूर्वक अगाडि बढाउनेछ। जसको लागि आवश्यकता अनुसार संघर्षको जुनसुकै रुपलाई शेर्पा मोर्चाले विश्वास र स्वीकार गर्नेछ ।

घ) शेर्पा मोर्चा उत्पिडीत शेर्पा जातिको मुक्तिको लागि गठित जातीय संगठन हो। यो उत्पीडित शेर्पाहरुको साझा संगठन पनि हो । सम्पूर्ण देशभक्त, प्रगतिशील, बामपन्थी, राष्ट्रवादी (राष्ट्रियता बचाउन चहाने) हरुको साझा राजनैतिक मोर्चा हो ।

ङ) व्यापक जनवादी अभ्यासद्वारा समझदारी, सहमति र सद्भभावको आधारमा जनवादी केन्द्रीयताको कार्यान्वयन गरिने छ भने शेर्पा मोर्चाको संचालन जनवादी केन्द्रीयताको संगठनात्मक पद्धति अनुरुप हुनेछ ।

च) शेर्पा मोर्चाले स्वायत्त प्रदेश सत्ताको पूर्ण जनवादी अधिकारको प्रयोग गर्दै संघीय गणतन्त्र नेपालको स्वायत्त अंगको रुपमा रहेर काम गर्नेछ ।

प्रमुख समाचर