शेर्पा राष्ट्रिय मुक्ति मोर्चा नेपाल संखुवासभा जिल्ला भेला सम्पन्न .....

संखुवासभा, फाल्गुण-६ गते, शेर्पा राष्ट्रिय मुक्ति मोर्चा, नेपाल संखुवासभा जिल्लाको दोस्रो जिल्ला भेला भव्यताका साथ चैनपुर पोखरीमा सम्पन्न भएको छ । दोस्रो जिल्ला भेला आयोजक समितिको संयोजक ङमिा शेर्पा को सभापतित्त्व र छिरिङ शेर्पा को संचालनमा भव्य उद्घाटन कार्यक्रम भएको छ । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि शर्ेपा राष्ट्रिय मुक्ति मोर्चा, नेपालको प्रथम उपाध्यक्ष आङ देण्डी शर्ेपा एवं विशेष अतिथि एकीकृत ने.क.पा. -माओवादी) संखुवासभा जिल्ला सेक्रेटरी क. नवीनको उपस्थितिमा सम्पन्न भएको छ । प्रमुख अतिथि आङ देण्डी शेर्पा ले भेलाको

उद्घाटन गर्दै हिमालको नामबाट शेर्पा जातिलाई अपमान गर्ने कथित हर्कत शुरु भएकोले शेर्पा जातिको आÇनो मौलिक पहिचान अनुसार शेर्पा स्वायत्त प्रदेशमा गोलबन्द हुन आह्वान गर्नु भयो र शर्ेपा स्वायत्त प्रदेश विना शर्ेपा जातिको मुक्ति असम्भव भएकोले सबैलाई आÇनो पहिचान नबिर्सन आग्रह गर्नु भयो । विशेष अतिथि क. नवीनले भेलाको सफलताको शुभकामना दिर्दै जातीय र वर्गीय मुक्ति आन्दोलनको उचित समायोजन विना जातीय मुक्ति सम्भव नभएकोले र्सवहारा वर्गको नेतृत्त्वमा मात्र जातीय मुक्ति सुनिश्चित भएकोले अति जातिवाद र दलाल नोकरशाहीको विरुद्ध एक हुन र आम शर्ेपा जातिलाई सचेत रहन सुµाव दिनु भयो ।

भेलाको बन्द सत्रबाट १७ सदस्यीय जिल्ला समिति र ७ सदस्यीय सल्लाहकार परिषद् गठन गरेको छ । जिल्ला समितिमा अध्यक्ष छिरिङ शर्ेपा, प्रथम उपाध्यक्ष प्रकाश शर्ेपा, द्धितीय उपाध्यक्ष प्रेम शर्ेपा, सचिव रिन्जी शर्ेपा, सहसचिव दोर्जी शर्ेपा, कोषाध्यक्ष कर्मा ठिले शर्ेपा, सदस्यहरुमा राम शर्ेपा, दिल शर्ेपा, क्षत्र शर्ेपा, फर्ुवा शर्ेपा, मिङ्मा शर्ेपा, नोर्वु शर्ेपा, दोर्ची शर्ेपा, पासाङ दिकी शर्ेपा, दावा तेम्वा शर्ेपा, गेलु शर्ेपा र मिना शर्ेपा रहनु भएको छ । सल्लाहकार परिषद्मा ङमिा शर्ेपा, निमा लाक्पा शर्ेपा, हर्क शर्ेपा, छेटु शर्ेपा, नर्ुर्वु शर्ेपा, फर्ुवा दावा शर्ेपा र उर्गेन शर्ेपा रहनु भएको छ ।

भेलाको अन्त्यमा नवनिर्वाचित छिरिङ शर्ेपाले आÇनो कार्यकालमा शर्ेपा जातिको मौलिक पहिचान अनुसार अगाडि बढ्ने र शर्ेपा सहिदहरुको सपना अनुसार शर्ेपा स्वायत्त प्रदेश प्राप्तिको आन्दोलनमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

प्रमुख समाचर