
नेपाल शेर्पा संघको चौथो महाधिबेसन हालै शेर्पा सेवा केन्द्र गोन्पा बौद्ध टुसालमा शुरु भएको छ। प्रधान मन्त्रि माधव कुमार नेपाल प्रमुख अतिथि भएको उक्त कार्यक्रममा बिशेष अतिथि श्री गोपाल किराँती हुनुहुन्थ्यो भने शेर्पा संघ तथा अन्य राजनैतिक दलको भात्रि संगठनको प्रतिनिधिहरुको अतिथिको आसन ग्रहण रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि माधव नेपालले जनताको चहाना बमोजिमको संबिधान समयमै बन्ने तर्क दिंदै मूलुककै पहिचान गराउने शेर्पाजातीहरुको हक अधिकारलाई सुनिश्चित गर्ने बताए पनि शेर्पा स्वायत्त राज्यको लागी भने केहि बताउनु भएन। बिशेष अतिथि गोपाल किराँतीले शेर्पाहरुको स्वायत्त राज्य प्राप्तीको लागी आफु र आफ्नो पार्टी ने क पा माओबादी पार्टी सदैव शेर्पाहरुको साथ रहेने प्रतिबद्धता गर्नु भयो। बाईस जिल्लाहरुबाट आएका र काठमाण्डौका गरि करिव १३ सय प्रतिनिधिहरु रहेको यस अधिबेशनको उद्घाटन समारोहमा अधिकाँस बक्तहरुले सम्पुर्न शेर्पाहरु एक भएर शेर्पा स्वायत्त राज्य बनाउनु पर्ने कुरामा जोड दिएका थिए भने, पदको लोभमा नेपाल शेर्पा संघलाई नेताहरुले बिभाजन गर्ने दुस्प्रयास गरेमा त्यो दुर्घटनापुर्ण हुने तर्फ पनि सचेत गराउदै महाधिबेशनलाई सफल बनाउनु पर्ने बताए। लगातर तीन दिन सम्मा हुने यस महाधिबेशनमा अक्तोबर १६ शुक्रबारको दिन बन्द सत्रको लागी प्रतिन्दिनिधिहरुलाई बिहान सात बजे नै पुन सेवा केन्द्र गोन्पा उपास्थित हुने जानकारी गराउदै शेर्पा नेपाल शेर्पा संघका द्वितिय उपाध्यक्ष श्री आङ दामी शेर्पाले उद्घाटन सत्रको कार्यक्रम समापन भएको घोषना गर्नु भयो।
नेपाल शेर्पा संघको चौथो महाधिबेसन तेस्रो दिन पनि जारी रहेको छ। करिव पन्ध्र सय प्रतिनिधिहरु देश भर बाट राजधानीमा शेर्पा संघको नेत्रित्व चयनका लागी भेला भएका थिए। निर्धारित समयको अन्तिम दिन पनि अध्यक्ष तथा अन्य पदमा पदको उम्मेद्ववरीमा आवश्यक भन्दा बढि नाम परेको थियो। जस अन्तर्गत अध्यक्ष पदमा क्रमश: निबर्तमान अध्यक्ष श्री क्रिपा सुर शेर्पा भोजपुर, श्री पासाङ दोर्जी शेर्पा भोजपुर, श्री पेम छिरि शेर्पा भोजपूर र प्रध्यापक श्याम सुन्दर शेर्पा संखुवा सभा रहेको छन्। अन्य पदमा पनि भने क्रमश: महा सचिव पदमा दुई जना मध्य आङ छिरिङ शेर्पा दोलखाले उम्मेद्ववरी फिर्ता लिए पछि नाम्ग्याल शेर्पा रामेछाप निर्बिरोध निर्वाचित भएक छन। यसै गरि बिशिष्ट उपाध्यक्ष पदमा दुई जना बिच र चार जनाको उपाध्यक्ष पदमा आठजना उम्मेद्ववरीको नाम परे पछि चुनावी प्रक्रियबाट नै प्रतिनिधि छनौट हुने भएक छन। बिशुद्द सामाजीक संस्थाको प्रतिनिधि छनौट बिना प्रतिस्प्रधा हुनु पर्छ भन्ने आम जनमानसको सुझाव हुँदा हुँदै अन्तत: अध्यक्ष तथा अन्य पदमा आवस्यक भन्दा बढी उम्मेद्ववरीको नाम प्रसताव भए पछि र अ-आफ्नो अडान राखे पछि संघ चुनावी प्रक्रियमा लागेको हो।
निर्बाचन मन्डलको अध्यक्ष श्री वाङछे शेर्पाले चौथो दिन आईतबार बिहान सात बजे बात निर्वाचन प्रक्रिया अघि बढने बताउनु भयो। प्रधान मन्त्रि माधव कुमार नेपालबाट उद्द्घाटन भएको उक्त अधिबेशन अक्टोबर १५ देखि शुरु भएको हो।
काठमाणडौ, अक्टोबर १८, नेपाल शेर्पा संघको चौथो महाधिबेसनमा भएको निर्वाचनमा अध्यक्ष पदमा श्री पेम छिरी शेर्पा बहुमतद्वारा निर्वाचित भएको छन। बाईसवटा जिल्लाको र काठमाणडौमा गरि कूल दुई हजार प्रतिनिधि रहेको उक्त अधिबेसनको चुनावमा कूल ९२१ मत खसेको थियो भने जस अन्तर्गत ७१ मत बदर भएको थियो। जस मध्येमा अध्यक्ष पदमा श्री पेम छिरी शेर्पा (भोजपुर)ले ५८९ मत प्राप्ता गरेर बिजय भएको छन् भने उनको प्रतिद्वान्धि निबर्तमान अध्यक्ष श्री क्रिपा सुर शेर्पा (भोजपुर)ले जम्मा २८४ मत प्राप्ता गर्नु भएको छ भने भु. पु. महा सचिव श्री पासाङ दोर्जी शेर्पा(भोजपुर)ले ४७ मत प्राप्ता गर्नु भएको छ । चार उम्मेद्वार मध्ये एक प्रध्यापक श्री श्यम सुन्दर शेर्पाले यस अघि नै आफ्नो उम्मेद्वावरी फिर्ता लिएका थिए।
अन्य पदाधिकारीको प्रतिनिधिहरु भने सहमतिमा निर्बिरोध निर्वाचित भएका छन। कूल ४९ सदस्यिय यस प्रतिनिधिहरुको नेपाल भर बिभिन्न जिल्लाहरुमा बसोबास गर्ने करिव चार लाख शेर्पाहरुको हक अधिकार र स्वायत्त राज्य प्राप्तीको लागी प्रसस्त चुनौति र सम्भावनाहरु छ्न। यस मुद्धलाई किनारा लगाउन अहोरोत्र लागी पर्ने नव निर्वाचित अध्यक्ष पेम छिरी शेर्पाले बताउनु भयो भने भु. पु. अध्यक्ष श्री क्रिपासुर शेर्पाले पनि शेर्पा स्वायत्त राज्यको लागी नव निर्वाचित प्रतिनिधिहरुलाई सक्दो आफुले सहायोग गर्ने परिबद्दता ब्यक्त गर्नु भयो। चार दिन सम्मा भएको उक्त अधिबेशनमा अन्त्यमा बिबिध साँस्क्रितिक कार्यक्रमहरुको साथ अति सौहद्रतापुर्ण वातवरणमा कार्यक्रम सम्पन्न भएको छ।