
काठमाडौं, ९ कात्तिक । एकीकृत नेकपा माओवादीका केन्द्रीय उपाध्यक्ष नारायणकाजी श्रेष्ठ -प्रकाश)ले\' आफुहरुलाई विदेशी सामु भुकाउने प्रयास भैरहेको बताउनु भएको छ । आज जनसञ्चार अभियान नेपालमा आयोजित आत्मनिर्भर विकास मञ्चको छैठौं साधारण सभामा बोल्नुहुँदै नेता श्रेष्ठले उक्त भनाई राख्नु भएको छ । उहाँले भन्नुभयो-तर हामी राष्ट्रिय स्वधिनतामा सम्झौता गर्ने छैनौं र प्रतिक्रान्तिलाई विफल बनाएरै छाड्ने छौं । शान्ति सम्झौतालाई पुनारावलोकन गरि जनमुक्ति सेनाको विघटन गर्ने असफल प्रयास भई रहेको बताउँदै शान्ति सम्झौतालाई तार्किक निष्कर्षमा पुर्याएरै छाड्ने प्रतिवद्धता दोहोर्याउनु भयो ।
उपाध्यक्ष श्रेष्ठले संघीय गणतन्त्र स्थापना गर्न आवश्यक परे अर्को जनआन्दोल गर्न समेत पछि नहट्ने बताउनुभयो । वर्गीय, जातीय, क्षेत्रीय, अल्पसंयक। सिमान्तकृत जाती जनजातीलाई आगामी संविधानले समेट्ने उहााको भनाई थियो । छुवाछुत मुक्त समाज बनाउनका लागि साँस्कृतिक क्रान्ति आवश्यक छ रहेको उहाँको धारणा रहेको थियो ।