रोल्पा १० कात्तिक। नयाँ जनआन्दोलन सांस्कृतिक कर्मि जनसेना मितेरी अभियान लिएर अखिल नेपाल जन सांस्कृतिक महासंघ अन्र्तगत सामना परिवार दहवन पुगेको छ ।
जनमुक्ति सेना र दर्शक गरी ११ सय जनाको उपस्थित रहेको कार्यक्रममा सामनाले जनवादी तथा क्रान्तिकारी गित, नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा चर्चित जनकलाकार तथा सभासद् खुशिराम पाख्रीनले पनि आˆनै सुमधुर स्वरमा राष्ट्रभक्ति जनवादी गित गाउनु भएको थियो ।
वर्तमानमा नेपाली जनताको परिर्वतनकामी पाईला हरुलाई परम्परागत यथास्थिती बादलले घेरिरहेको हुँदा त्यस घेरा लाई तोडि नयाँ जनआन्दोलन को लागि जनचेतना जगाउदै सास्कृतिक-जनसेना मितेरी अभियान संचालन गरेको अभियान प्रमुख पाखि्रनले बताउनु भयो ।
पाखि्रनले अभियानको क्रममा मंगलसेन स्मृति बि्रगेड उघा-ज्वार स्मृति बि्रगेड तिलामा कार्यक्रम सम्पन्न भइसकेकोले अब अभियान पूर्व मेचिदेखी पश्चिम महाकालीसम्म तथा सातवटै जनमुक्ति सेनाका अस्थायी व्यारेकहरुमा पनि लगिने बताउनु भएको छ ।