काठमाडौं, कात्तिक ११ - एकिकृत नेकपा माओवादीको आन्दोलन घोषणासँगै राजनीति मुठभेड तर्फ अगाडि बढ्दै गएपछि नेपालमा रहेका विदेशी राजदूतहरुले कुटनीतिक सक्रिता बढाउँदै लगेका छन्। माओवादी अध्यक्ष दाहाल निवास नयाँबजारमा अमेरिकाका कार्यवाहक राजदूत जेफ्री मुनबीच पनि मंगलबार छलफल भएको हो।
भेटमा बढ्दो रानजीनिक गतिरोध, माओवादी लडाकुको व्यवस्थापन संविधान निर्माण प्रकृया र शान्ति प्रकृयाका बारे छलफल भएको थियो।
कार्यबाहक राजदुत मुनले गतिरोधको अन्त्यका लागि दलहरुबीच छलफल जारी रहेको बेला माओबादीले घोषणा गरेको आन्दोलनका कार्यक्रमले पार्न सक्ने प्रभाबका बिषयमा जिज्ञासा व्यक्त गरेका थिए। कार्यबाहक राजदुत मुनको जिज्ञासा मेटाउदै अध्यक्ष दाहालले आन्दोलनका कार्यक्रम घोषणा गरिए पनि आफुहरु शान्ति प्रंक्रिया प्रति प्रतिबद्ध रहेको बताएका थिए।
अध्यक्ष दाहालले राष्ट्रपतिको कदम सच्चिनु पर्ने र नागरिक सर्वोच्चता स्थापित हुनु पर्ने माग प्रति बेवास्था गरेका कारण बाध्य भएर आन्दोलनका कार्यक्रमको घोषणा गर्नु परेको राजदुत मुनलाई जानकारी गराएका थिए।
कार्यबाहक राजदुत मुनले सोमबार मात्र नेपाली कांग्रेस ससदीय दलका नेता रामचन्द्र पौडेल सँग भेट गरेका थिए।
उता गतिरोध अन्त्यकै लागि तीन प्रमुख दलका शीर्षस्थ नेताबीच बुधबार नै छलफल गर्ने तयारी पनि भइरहेको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष झलनाथ खनालबीच मंगलबार भेट भएको थियो। बुधबार नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासँग दुबै नेताको छलफलको तयारी भए पनि समय भने एकिन भइसकेको छैन।