शेर्पा राष्ट्रिय मुक्ति मोर्चा नेपालको दोस्रो पुर्ण बैठक सम्पन्न .....

काठमाण्डौ, माघ १० गते, "शेर्पा राष्ट्रिय मुक्ति मोर्चा नेपालको" प्रथम राष्ट्रिय सम्मेलनद्वारा निर्वाचित नयाँ कार्य समितिको पहिलो अनौपचारिक बैठक बसेको चार महिना पछि दोस्रो पुर्ण बैठक शेर्पा मोर्चाको अध्यक्ष फुर्वा छिरि शेर्पाको अध्यक्षतामा र बिशिष्ट अतिथि ने. क. पा. माओबादी को केन्द्रिय सद्स्य एवं जातिय क्षेत्रिय गणतान्त्रिक महासँघका महा-सचिव शुरेश आले मगर र ने. क. पा. माओवादी सोलु जिल्ला सह ईन्चार्ज एवं शेर्पा मोर्चाको केन्द्रिय सल्लाहकार गोम्बु शेर्पाको उपास्थितिमा सम्पन्न भएको छ। बैठकले देशभरिका अठार जिल्लाको बस्तुगत् र आत्मगत् सजिव रिपोर्टहरुको संस्लेसन एवँ भावि रणनीति तय गर्दै महत्वपुर्ण निर्णयहरु लिएका छन। रणनैतिक रुपमा मोर्चाले शेर्पा स्वायत्त प्रदेश प्राप्तिको आन्दोलन र लाई भित्रि र बाहिरि दुवै मोर्चामा सशक्त ढंगले अगाडि बढाउने र कार्यनैतिक सवलमा जातिय आत्मनिर्णयको अधिकार, जातिय स्वशासन र स्वायत्तताको नारालाई प्रयोग गर्दै राष्ट्रिय मुक्ति आन्दोलनलाई भ्रमित पार्न खोज्ने देशि बिदेशि दलालहरुको बिरुद्द सशक्त प्रतिरोध एवं भण्डाफोर कार्यक्रम संचालन गर्ने निर्णय भएको छ। मधेशमा एक तराई एक मधेश र हिमालमा एक हिमाल एक प्रदेश जस्त घोर बिखण्डनकारी गतिबिधिको ब्यापक जनपरिचालन द्वारा जवाफ दिने कर्यनिति तय गरेको छ। यहि माघ दोश्रो हप्ता देखि अठारावटा जिल्लामा केन्दियसद्स्यहरुको नेत्रित्वमा एकता एवं संगठन बिस्तार अभियान संचालन गर्ने निर्णय भएको छ। अहिले देशमा जनमुखि संविधान निर्माण नहुने पुर्व संकेत स्वरुप जतिय क्षेत्रिय भषिक र अन्य जायज आधारमा संघिय गणतन्त्र हुन सकदैन भन्ने जस्ता कथित तर्कको बिरुद्ध सम्पुर्ण शेर्पा जातिलाई सु-सुचित गराउदै जनमुखि संविधान र जनताको संघिय राष्ट्रिय गणतन्त्र स्थापनाको लागी महा अभियान थालनि गर्ने निर्णय सहित बैठक सम्पन्न भयो।

प्रमुख समाचर