प्रहरीको दमनमा दुई माओवादी सभासद सहित सयौं घाईते

मकवानपुर,  १२  कात्तिक

मकवानपुरमा प्रहरी  दमनमा दुई माओवादी सभासद सहित सयौं घाईते भएका छन् । कुलेखानी तेस्रोको शिलान्यास गर्न गएका उर्जामन्त्री प्रकाशसरण महतलाई माओवादी सभासदसहितको जनताहरुको समुहले कालोझन्डा देखाउँदा प्रहरीले अन्धाधुन्द लाठी चार्ज गर्दा २ माओवादी सभासद् सहित सहित सयौं सर्वसाधारण घाइते भएका हुन् । 

उर्जा मन्त्री महतलाई शन्तिपूर्ण विरोधस्वरुप मकवानपुर भैंसे, सानोटार भन्ने ठाउँमा स्थानीय जनता र कार्यकर्ताले कालो झण्डा देखाएपछि प्रहरीले घेरा हाली लाठी चार्ज गरेको माओवादीले जनाएको छ ।

शान्तिपूर्ण प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपबाट सभासद्हरु प्रेमबहादुर पुलामी (छिन्तु) र प्रल्हाद लामिछाने (समीर) घाइते हुनुभएको छ । यस्तै जिल्ला सेक्रेटरी नयन लगायत सयौं नेता कार्यकर्ता र स्थानीय जनतालाई समेत प्रहरीले कुटपिट गरेको छ ।कुटपिटमा हात भाँचिएका दिनेश चौंलागाई र खुट्टा भाँचिएका लीला राईको अहिले स्थानीय एन्जिल मेडिकल हलमा उपचार भइरहेको छ ।एकीकृत नेकपा माओवादी मकवानपुरले शान्तिपूर्ण प्रदर्शनमा भएको हस्तक्षेप र कुटपिटको घोर भत्र्सना गरेको छ । 

प्रमुख समाचर