‘अबको आन्दोलनले राजधानी ठप्प’

काठमाडौं, कात्तिक १३

एकीकृत नेकपा (माओवादी) ले यही कात्तिक १५ गतेदेखि सञ्चालन हुने दोस्रो चरणको आन्दोलनले वर्तमान सरकारलाई ठेगान लगाएरै छाड्ने बताएको छ।

माओवादीनिकट राष्ट्रिय उद्योग संघका कार्यकर्तालाई बिहीबार आन्दोलनबारे जानकारी गराउने उद्देश्यले आयोजित कार्यक्रममा माओवादी नेता डा. बाबुराम भट्टराईले अबको आन्दोलनले राजधानी ठप्प पार्ने बताउनुभएको छ।

उहाँले केन्द्रीय प्रशासन सिंहदरबारलाई निष्क्रिय पार्ने आन्दोलनले सरकारलाई घुँडा टेकाउने दाबी गर्नुभएको छ। राष्ट्रपतिको असंवैधानिक कदमको जगमा बनेको सरकारले केही गर्न नसक्ने र यो सरकार रहुन्जेल सहमति पनि बन्न नसक्ने स्थिति देखिएको उल्लेख गर्नुभयो।

(सरकारद्वारा वार्ता आहवान)
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले आन्दोलन घोषणा गरेको एकीकृत नेकपा (माओवादी) लाई वार्तामा आउन आहवान गरेको छ। वार्ताबाटै समस्याको समाधान गर्न सकिन्छ भन्दै बैठकले सडक संघषॅ होइन, वार्तालाई जोड दिन आग्रह गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री शंकर पोख्रेलले बताउनुभएको छ। बैठकमा माओवादी आन्दोलन र सरकारको भावी योजनाका बारेमा छलफल भएको थियो।

प्रमुख समाचर