संविधानसभालाई शेर्पा राष्ट्रिय मुक्ति मोर्चा नेपालको सुझाव...

संघीय गणतन्त्र नेपालको संविधान २०६७

प्रस्तावना

२०५२ सालदेखि संचालित एतिहासिक जनयुद्ध र यसलाई पर्ूण्ाता दिन २०६२/६३ को एतिहासिक १९ दिने जनआन्दोनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संघीय गणतन्त्र नेपालको संवैधानिक घोषणापछि सबै जाति, जनजाति, महिला, दलित, अल्पसंख्यक, सीमान्तकृत लगायत सम्पर्ूण्ा नागरिकको हक अधिकार सुनिश्चित गर्दै राष्ट्रको बलियो अर्थतन्त्र र दिगो शान्तिको नयाँ नीति निर्माण गर्ने महत्वपर्ूण्ा कार्य नीति तयार गरी नेपाल राष्ट्र र राष्ट्रियताको स्वाभिमानी गौरवगाथा कोर्ने प्रतिवद्धतासहित नेपाली जनताको शिक्षा, स्वास्थ्य, सुरक्षा गाँसबास र कपास मौलिक अधिकारको रुपमा सुनिश्चित गर्न र मुलुकमा दिगो शान्ति कायम गर्नको लागि इतिहास मै पहिलो पटक संविधानसभाको बृहत छलफल तथा विभिन्न राजनीतिक दल, सामाजिक, संघसंस्था, शिक्षक, विद्यार्थी, दलित, महिला, अल्पसंख्यक, सिमान्तकृत, नागरिक, समाज, पत्रकार, बुद्धिजीवि, उद्योगी र व्यापारीहरु समेतको महत्वपर्ूण्ा सल्लाह सुझावबाट पर्ूण्ाता दिई संघीय गणतन्त्र नेपालको संविधान २०६५ लिखित तयार गरी वैधानिक रूपमा कानुनी कार्यान्वयनको लागि जारी गरिने छ । संविधान जारी पश्चात् कार्यान्वयनमा नीतिगत कुराहरुमा असहजता र कार्यगत कुराहरुमा अप्ठ्यारो वा अवैज्ञानिक देखिएमा बदल्न सकिने हदसम्मका धाराहरुलाई जनमत संग्रह गरी टुंग्याउन सकिने प्रावधान जनताको र्सार्वभौम अधिकारको विषय हुनेछ भन्दै शर्ेपा राष्ट्रिय मुक्ति मोर्चा, नेपालको तर्फाट यो प्रस्तावना पेश गरेका छौं ।

भाग १
प्रारम्भिक

१. संविधान मूल कानूनः

१.१ यो संविधान नेपालको मूल कानुन हो । यस संविधानसँग बाझिने कानुन बाझिएको हदसम्म अमान्य हुनेछ ।
१.२ यस संविधानको पालना गर्नु नेपाल राज्यका प्रत्येक अंगहरू र पदाधिकारीहरू लगायत अन्य सम्पर्ूण्ा नेपाली नागरिकको कर्तव्य हुनेछ ।
२. राजकीयसत्ता र र्सार्वभौमिकता ः
नेपालको संविधानमा जुनसुकै विषयहरू उल्लेख भए पनि मूल विषय राजकीयसत्ता र र्सार्वभौमसत्ता नेपाली जनतामा समानुपातिक र समावेशी रुपमा निहित रहनेछ ।
३. राष्ट्र ः
नेपाल राष्ट्र भन्नाले देहायका विभिन्न जाति, भाषा, लिपि, धर्म, संस्कृति र क्षेत्रको संबोधन गर्ने आधारमा बनेका जातीय, क्षेत्रिय स्वायत्तता रहेको स्वशासित प्रदेशहरू विविधता बीचको एकताको सूत्रमा बाँधिएका सबै नेपाली जनताको समष्टी रुप राष्ट्र हो ।

-१) लिम्बुवान स्वायत्त प्रदेश
-२) किरात स्वायत्त प्रदेश
-३) ताम्सालिङ स्वायत्त प्रदेश
-४) नेवाः स्वायत्त प्रदेश
-५) तमुवान स्वायत्त प्रदेश
-६) मगरात स्वायत्त प्रदेश
-७) भेरी-कर्ण्ााली स्वायत्त प्रदेश
-८) सेती-महाकाली स्वायत्त प्रदेश
-९) थारुवान स्वायत्त प्रदेश
-१०) अवध स्वायत्त प्रदेश
-११) भोजपुरा स्वायत्त प्रदेश
-१२) मिथीला स्वायत्त प्रदेश
-१३) कोचिला स्वायत्त प्रदेश
-१४) शेर्पा स्वायत्त प्रदेश
-१५) लामा स्वायत्त प्रदेश

४. नेपाल राज्य
४.१ नेपाल एक स्वतन्त्र, र्सार्वभौमसत्ता जनतामा समानुपातिक र समावेशी तरिका निहित, धर्मनिरपेक्ष र संघीय गणतान्त्रिक राज्य हो । नेपालको क्षेत्र देहाय बमोजिम हुनेछ
-क) यो संविधान प्रारम्भ हुँदाको बखतको विभिन्न स्वायत्त प्रदेश रहेको संघीय नेपालको समग्र क्षेत्रफल हो ।
४.२ राष्ट्रिय झण्डा शान्तिका अग्रदुत भगवान बुद्धको सिद्धान्त झल्कने गरी राष्ट्रिय झन्डा निर्माण गरिनेछ ।
४.३ राष्ट्रिय गान नेपालको राष्ट्रिय गान वीरता, वलिदान एवं स्वतन्त्र, र्सार्वभौम, स्वाभीमानी नेपाल र नेपालीको संबोधन गरे बमोजिम हुनेछ ।
४.४ निशाना छाप संघीय नेपाल सरकारले निर्धारण गरे बमोजिम हुनेछ । प्रादेशिक सरकारले कानुन बनाई आआफ्नो प्रादेशिक छाप र झण्डा बनाउन सक्नेछ ।
४.५ राष्ट्रिय जनावर कस्तुरी मृग वा हाव्रे -रातो पाण्डा) वा हिमचितुवा हुनेछ ।
४.६ राष्ट्रिय पंक्षी डाँफे हुनेछ ।
४.७ राष्ट्रिय विभुति संविधानबाट संशोधन गरे बमोजिम हुनेछ ।

भाग २
नागरिकता

५. नागरिक र नागरिकता ः
५.१ यो संविधान प्रारम्भ हुनु अघिको संविधानको आधारमा नेपालको नागरिकता प्राप्त गरिसकेको नागरिक र यस भाग बमोजिम नागरिकता प्राप्त गर्न योग्य व्यक्तिहरू नेपालका नागरिक हुनेछन् ।
५.२ यो संविधान जारी हुँदा नेपालमा स्थायी बसोबास भएको देहायको व्यक्ति बंशजको आधारमा नेपालको नागरिक ठहर्ने छ ः
-क) यो संविधान प्रारम्भ हुनुभन्दा अघि वंशजको आधारमा नागरिकता प्राप्त गरेको व्यक्ति,
-ख) कुनै व्यक्तिको जन्म हुँदाको बखत निजको बाबु वा आमा नेपाली नागरिक रहेछ भने त्यस्तो व्यक्ति,
५.३ नेपालभित्र गाभिने गरी कुनै क्षेत्र प्राप्त भएमा सो क्षेत्रभित्र बसोबास भएको व्यक्ति प्रचलित कानुनका अधिनमा रही नेपालको नागरिक हुनेछ ।
५.४ नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेको विदेशी महिला/पुरुषले चाहेमा प्रचलित कानुन बमोजिम विवाहित नेपाली नागरिकता लिन सक्नेछ ।
५.५ दोहोरो नागरिकता ः संघीय कानुनको अधीनमा रही दोहोरो नागरिकता राख्न पाइने छ ।
६. नागरिकताको प्राप्ति र समाप्ति
६.१ नागरिक प्रमाण पत्र प्राप्त गर्नको लागि १६ वर्षो उमेर पूरा हुनुपर्ने छ ।
६.२ कुनै पनि गैर नेपाली नागरिकले निरन्तर १० वर्षम्म नेपालमा रही आफ्नो देशको नागरिकता त्यागेको घोषणा गरी नेपाली नागरिकताको प्रमाण पत्रको लागि दर्खास्त दिई स्वीकृत भएमा नेपाली नागरिकको हैसियतमा अंगिकृत नागरिक प्राप्त गर्न सक्ने छ ।
६.३ कुनै पनि नेपाली नागरिकले राष्ट्रको कानुन उलंघन गरी वा नेपाली नागरिक हैसियत त्याग गरेको र्सार्वजनिक घोषणा गरी विदेशमा बसेमा वा निरन्तर १० वर्षम्म विदेश बसेमा नेपाली नागरिकको समाप्ति भएको मानिनेछ ।
६.४ सम्मानार्थ नागरिकताः नेपाल सरकारको निर्ण्र्ाााट नेपाल र नेपालीको हितमा उल्लेखीय कार्य गर्ने विदेशीलाई सम्मानार्थ नागरिकता दिन सकिनेछ ।



 

प्रमुख समाचर