शेर्पा राष्ट्रिय मुक्ति मोर्चा नेपाल ओखलढु·गा जिल्ला सम्मेलन सम्पन्न

शेर्पा मुक्ति मोर्चा, नेपाल ओखलढु·गा जिल्लाको दोस्रो जिल्ला सम्मेलन यही चैत्र १७ गते शुरु भै १८ गते सम्मपन्न भएको छ । ओखलढु·गा जिल्लाको विगुटार गा.वि.स. प्राङ·नमा भएको सो दोस्रो जिल्ला सम्मेलनको उद्घाटन शेर्पा राष्ट्रिय मुक्ति मोर्चा, नेपालको केन्द्रीय अध्यक्ष फुर्वा छिरी शेर्पा र एकीकृत ने.क.पा. -माओवादी) ओखलढु·गा जिल्ला संगठन कमिटिको सहर् इन्चार्ज एवं विशेष अतिथि क. ठंकर पोखरेलले संयुक्त रुपमा गर्नु भएको थियो ।

सम्मेलनलाई सम्बोधन गर्दै बिशेष अतिथि सहर् इन्चार्ज क. ठंकर पोखरेलले शेर्पा जातिको मुक्तिको खातिर जनयुद्धको उपलब्धीको रक्षा गर्दै अगाडि बढ्नु पर्ने र हाल जातिय आन्दोलनमा प्रतिक्रियावादी र साम्राज्यवादीको साँठगाँठमा विखण्डन ल्याउने हरकत गरी रहेकोले शेर्पा जाति पनि सचेत र सजग हुन आव्हान गर्नु हुदै वर्गीय मुक्ति र जातीय वा राष्ट्रिय मुक्ति आन्दोलनलाई एक साथ अगाडि बढाउन सिपालु हुनु पर्ने बताउनु भयो । सामन्तवाद अहिले सक्रिय नभएको र सामन्तवादको असली मित्र साम्राज्यवाद अहिले राष्ट्रिय मुक्ति आन्दोलनको बाधक र प्रमुख शत्रु पनि भएकोले राष्ट्रिय मुक्ति आन्दोलनको चरित्र फेरिएकोले अब साम्राज्यवादद्वारा पालित पोषित दलालसंग नलडी जातीय मुक्ति सम्भव नभएको कुरा राख्नु भयो ।

 

सो सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं केन्द्रीय अध्यक्ष फुर्वा छिरी शेर्पाले शेर्पा जातिको पहिचान र मौलिक विशेषता सहितको शेर्पा स्वायत्त राज्य वा प्रदेशको संबैधानिक ग्यारेन्टीको लागि आम न्याय प्रेमी शेर्पाहरु एक जुट हुनु पर्ने बताउनु हुर्दै हाल केही साभ्रान्त वर्गको शेर्पाहरु आफनो पुरानो बर्चश्व गुम्ने त्रासको कारण आफूलाई राता रात स्वघोषित भोटे बनेर आम शेर्पा जातिलाई भोटेकारण गर्न लागेकाले आम शेर्पा जाति सजग हुनु पर्ने औंल्याउनु भयो ।

उहँले नेपालको उत्तर पूर्वी भूगोल ऐतिहासिक कालदेखि शेर्पा जातिको पवित्र भूमि वेयूल भएको प्रमाण हामी शेर्पा जातिसंग भएकोले कथित हिमाली प्रदेशको नाममा शेर्पा जातिको अग्रधिकार समाप्त गर्न नहुने तर्क राख्दै शेर्पा जातिको अग्रधिकार स्थापित गराउँन शेर्पा स्वायत्त राज्य वा प्रदेशको पक्षमा उभिन र भोटेकरण वा तिब्बतिकरणको शसक्त प्रतिरोध गर्न सबैलाई आव्हान गर्नु भयो ।

अहिलेको लर्डाई पहिचान र अधिकारको भएकोले आफनो मौलिक पहिचान जोगाउन र अधिकार प्राप्तिको लागि सचेत बन्न जरुरी भएकोले यी कुरा पाउने विधिको सम्मान र गुमाउने विधिको विरोध आवश्यक भएको बताउनु भयो । साथै अहिले साम्राज्यवादको दलालहरु नै जातीय मुक्ति आन्दोलनको शत्रु भएकोले अब शेर्पा जातिले र्सवहारावर्गसंग धनीभूत एकता गर्दै वर्गीय संर्घष र जातीय वा राष्ट्रिय मुक्ति आन्दोलनलाई तेज बनाउनु अहिलेको तत्कालिन कार्यभार हो भन्नु हुदै जनयुद्धको उपलब्धीको रक्षा, विकास र समृद्ध गरे मात्र शेर्पा स्वायत्त राज्य वा प्रदेश पाउने अन्यथा हाम्रो भविश्य नव सामन्त वा सभ्रान्त वर्गको पोल्टामा जने भएकोले सचेत गराउनु भयो ।

 

सम्मेलनले २ सदस्य पछि थप्ने गरी २७ सदस्य नयाँ जिल्ला समिति निर्वाचित गरेको छ भने ९ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । निर्वाचित जिल्ला समितिलाई प्रमुख अतिथि र बिशेष अथिति बाट अबिर लगार्इ आफनो कार्य काल सफताको शुभकामना दिर्नु भएको थियो ।

 

शेर्पा राष्ट्रिय मुक्ति मोर्चा नेपाल ओखलढु·गा जिल्ला समिति

 

अध्यक्ष तेन्जी शेर्पा बर्ण्ाालू
प्र. उपाध्यक्ष कुंगा शेर्पा जन्तरखानी
दि. उपाध्यक्ष लाक्पा शेर्पा पोकली
सचिव आङतेन्जी शेर्पा विगुटार
सह-सचिव तेन्जी· शेर्पा माम्खा
कोषाध्यक्ष लाङङमिा शेर्पा भुसिंगा
सदस्यहरु दावा शेर्पा खिजी फलाटे
सदस्यहरु नुर्बु शेर्पा श्रीचौर
सदस्यहरु छिरी· शेर्पा बर्ण्ाालु
सदस्यहरु गोम्बु शेर्पा पात्ले
सदस्यहरु सानवाङछु शेर्पा रागादिप
सदस्यहरु पासाङ शेर्पा रागादिप
सदस्यहरु पाल्जाङ शेर्पा खिजि फलाटे
सदस्यहरु लाक्पा काजी शेर्पा विगूटार
सदस्यहरु देण्डी शेर्पा जन्तरखानी
सदस्यहरु मिङमार देण्डी शेर्पा बर्ण्ाालु
सदस्यहरु नुरी शेर्पा भुसिगां
सदस्यहरु आङफूरी शेर्पा रातमाटे
सदस्यहरु सोनाम शेर्पा पात्ले
सदस्यहरु छोङकर्मा शेर्पा खिजि फलाटे
सदस्यहरु देण्डी शेर्पा पात्ले
सदस्यहरु लाप्सा· शेर्पा चण्डेश्वरी
सदस्यहरु सा·े शेर्पा विगुटार
सदस्यहरु कर्मा शेर्पा पात्ले
सदस्यहरु सनछेपल शेर्पा रावादोलु
सल्लाहकार ग्याल्छीरी शेर्पा
सल्लाहकार लाप्सा· शेर्पा
सल्लाहकार पासा· गेल्जे शेर्पा
सल्लाहकार ओङडार शेर्पा
सल्लाहकार दोर्ची शेर्पा
सल्लाहकार रिपासा· शेर्पा
सल्लाहकार सा·े शेर्पा
सल्लाहकार लोपेम्वा शेर्पा

प्रमुख समाचर