उद्देश्य.....

दीर्घकालिन उद्देश्यः-

क) शेर्पा मोर्चाले विभिन्न पेशा, व्यवसाय, संघ संस्था आदिमा छरिएर रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शेर्पा समुदायलाई राजनैतिक, वैचारिक एकता कायम गर्दै मोर्चामा गोलबन्दी गरी शेर्पा स्वायत्त प्रदेशको स्थापना र विकासमा अग्रणी भूमिका खेल्नेछ ।

ख) शेर्पा मोर्चाले शेर्पा जातिको आत्मनिर्णयको अधिकार, जातिय स्वशासन र स्वायत्तताको संवैधानिक ग्यारेन्टी गरी सम्पूर्ण शेर्पा जातिलाई सर्वभौम सत्ता सम्पन्न बनाई नागरिकको मौलिक हक, प्रेश स्वतन्त्रता, मानवअधिकार र शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति र सुनिश्चतता प्रदान गर्न प्रमुख भूमिका निर्वाह गर्नेछ ।

ग) नेपालको सर्वभौमिकता, क्षत्रीय अखण्डता बचाई राख्ने तथा आम जनताको लागि पूर्ण जनमुखी, स्वधीन संघीय लोकतान्त्रिक गणतन्त्रको सफल कार्यान्वयन र प्रजातन्त्रको फल दूर दराजसम्म पुर्याउन कुनै पनि संर्घषमा भाग लिनु र समर्थन गर्नु हुनेछ ।

घ) हिमालमा रहेको सामन्ती, दलाल, पूँजिवादी तथा रुढीग्रस्त संस्कार, संस्कृतिको विरुद्ध निरन्तर रुपले संर्घषमा जोड दिनेछ र परिष्कृत, नवीन मूल्य, मान्यता र आदर्शमा आधारित संस्कृतिको विकासमा अग्रसर रहनेछ ।

ङ) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चलेको राष्ट्रिय मुक्ति आन्दोलन, अन्य जातीय तथा वर्गीय मुक्ति आन्दोलन र संर्घषलाई सक्रिय र्समर्थन गर्नेछ ।

अल्पकालिन उद्देश्यः-

क) खस नेपाली तथा कुनै पनि भाषाको एकाधिकार बिरुद्ध संर्घष गरी सबै भाषाहरुलाई समान अधिकार प्रदान गर्न अग्रसर रहनेछ ।

ख) हिन्दु धर्मको विशेषाधिकारबाट उत्पन्न ब्राम्हणवादी उत्पीडन, जातपात, छुवाछुत, धार्मिक अन्धविश्वास, कुरीति र कुप्रथाको विरुद्ध निर्मम संर्घष गर्नेछ ।

ग) शेर्पा समुदायलाई प्रहरी, सेना, निजामति कर्मचारी सहित सबै सरकारी सेवा र अंगहरुमा समान अवसर र समानुपातिक प्रतिनिधित्व गराउन आवश्यक पहल गरिनेछ ।

घ) नेपाल भारत बीच भएको सन् १९५० लगायतका सम्पूर्ण असमान सन्धी सम्झौताहरु खारेजीको लागि गरिने जनसंर्घष र कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउँनेछ ।

प्रमुख समाचर