दलाल लेन्डुप दोर्जे र गे वाङ्दीलाई चिनौं - फुर्वा छिरी शेर्पा (शेर्पा राष्ट्रिय मुक्ति मोर्चा, अध्यक्ष)

राज्य पुनः संरचनाको सवालसागै नेपालमा राजनीतिक वातावरण असाध्यै तात्तिएको छ । हिमालदेखि तराईसम्म आफ्नो पहिचान खोज्ने र अधिकार बाँडफााडमा न्यायोचित व्यवस्थाको लागि जागरुक पहल पनि सुरु भएको छ । सदियौं वर्षदेखि उत्पीडित जाति, क्षेत्र र भाषाले आफ्नो मौलिक पहिचानअनुसार अब बन्ने नयाँ संविधान र राज्य पुनःसंरचनामा आफ्नो जायज मागअनुसारको भागबण्डा खोजेका छन् । सारमा उत्पीडित जाति, क्षेत्र र भाषाले आफ्नो अस्तित्व रक्षा, विकास र समृद्धिका लागि आत्मनिर्णयको अधिकार, स्वशासन र स्वायत्तता खोजेका छन् । यसै आदर्शका लागि हिमालदेखि तराईसम्मका सम्पूर्ण उत्पीडित, शोषित, हेपिएका, दबिएकाहरूको आवाज एउटै स्वर र तालमा गुन्जिरहेको छ । तर यो प्रक्रिया जटिल र कष्टसाध्य प्रक्रियाबाट अगाडि बढ्ने पूर्वसङ्केत अन्दाज गर्न सकिने अवस्था सिर्जना भएको छ । यो प्रक्रियालाई अवरुद्ध गरेर वा बन्ध्याकरण गरेर निस्तेज पार्न सक्ने अवस्था नदेखिएपछि यस प्रक्रियालाई दिग्भ्रमित पार्न विभिन्न तिकडमबाजी सुरु भएको छ । देश पूरै सङ्घीयतामा जाने निर्णय भएपछि हिजोको शाषक वर्ग पूरै यो प्रक्रियालाई निस्तेज पार्न नसक्ने अवस्थामा पुगेको छ भने देशको भावी संरचना नेपाली मौलिकता र विशिष्टतामा हुने प्रक्रियाको सुरु भए पनि राष्ट्रिय मुक्ति आन्दोलनको प्रमुख शत्रु साम्राज्यवाद अगाडि आएको छ । यो चुनौती हरेक जातीय मुक्ति आन्दोलन वा राष्ट्रिय मुक्ति आन्दोलनको सार्वभौम सिद्धान्त बनिसकेको छ ।

त्यसैले साम्राज्यवाद हिजो भियतनामी शैलीमा राष्ट्रिय मुक्ति आन्दोलन दबाउन सक्रिय थियो तर अब आफ्नो दलालमार्फत् आउने प्रक्रियाले गर्दा नेपालको राष्ट्रिय मुक्ति आन्दोलन वा जातीय मुक्ति आन्दोलनमाथि ठूलो सङ्कट पैदा भएको छ । दलालसाग मिलेर जातीय मुक्ति आन्दोलनलाई दिग्भ्रमित र छिन्नभिन्न पार्ने साम्राज्यवादी पछिल्लो रणनीति नेपाली भूमिमा लेण्डुप दोर्जे र गे वाङ्दी शैलीमा सुरु भएको छ । नेपालको समथर भू-भाग तराई मधेसमा पर्छ । त्यो मधेसमा बसोवास गर्ने आमशोषित, उत्पीडित मधेसी जनताको मुक्तिको सवाल राज्य पुनःसंरचनामा अहम् प्रश्न बनेर उभिएको छ । जनयुद्धले आममधेेसी जनताको मुक्तिका लागि मधेसमा रहेका जमिन्दार वर्गको आन्तरिक दासत्व र घरेलु सामन्तवादको आन्तरिक उपनिवेशको विरुद्ध केन्दि्रत आन्दोलनले ठूलो उपलब्धि हासिल गरेको थियो । दुवैखाले शत्रु पहिचान गर्न सफल जनयुद्ध र त्यसको वरिपरी गोलबन्द मधेसी जनताको न्यायोचित आवाज नै मधेसी जनताको महत्त्वपूर्ण उपलब्धि थियो ।

यो महान् उपलब्धिलाई तहसनहस पार्न भारतीय विस्तारवाद र मधेसका जमिन्दार वर्गले अवैध साँठगााठ गर्दै वर्गीय र जातीय, भाषिक उत्पीडनको सवाललाई क्षेत्रीय सवालमा लगेर हिजोकै जमिन्दार वर्गको हातमा सत्ता र शक्ति सुम्पन्ने जुन कार्य भयो, त्यो मधेसी जनताको मुक्ति नभइ सामन्वाद र जमिन्दार वर्गको पुनः जीवन हो । त्यसैले एक मधेस एक प्रदेशको नामबाट भएको वितन्डा हेर्दा भोकमरी पीडित बिहारलाई राहत दिन लेन्डुप दोर्जे शैलीमा नेपालको समथर तराई भारतमा लगेर गाभिादै त छैन ? भन्ने प्रश्न गम्भीर ढङ्गले बढेको छ ।

भारतीय विस्तारवादी शासक दिनमा दुई गुणा र रातमा चार गुणा जङ्गी पिलर सार्ने अनि तराईमा आफूलाई क्षेत्रीय पार्टीका रूपमा स्थापित केही दलालहरू जनतालाई सेेवा दिन तल्लीन सरकारको निर्णयविरुद्ध बन्द हडताल गर्ने, राष्ट्रिय झन्डा जलाउने, एउटै नेपालको जनतामा समेत मधेस र पहाडको रङ्ग लगाएर मधेसमा पहाडी मूलको मान्छेलाई खेद्नेजस्ता जघन्य अपराधलाई केलाउँदा लेन्डुप दोर्जे र क्षेत्रीय पार्टीहरूमा कुनै अन्तर छैन । त्यसैले तराई वा मधेसको सवाल बिहारको भोकमारी टार्ने नभइ नेपाली राष्ट्रियता, सार्वभौमिकता र अखण्डतासाग जोडिएकाले लेन्डुप दोर्जेकरण तुरुन्त रोकिनुपर्छ । नेपालको राष्ट्रियता दक्षिणमा मात्र होइन, उत्तरमा समेत नयाँ शीराबाट खतरा उत्पन्न हुने स्थिति पैदा भएको छ । दक्षिणतिर लेन्डुप दोर्जेको खतरा छ भने उत्तरतिर गे वाङ्दीकरण वा गे वाङ्दीको दलालीकरणबाट आइपर्ने खतरा दुवै स्पष्ट रूपमा देखिएको छ ।

नेपाल सरकारले ०३१/३२ सालतिर गे वाङ्दी र तिनको समूहको अपरेशनबाट सफाय गरेपछि हाल नेपालले त्यस्तो कुनै खम्पा विद्रोहको सामना गर्नु परेको छैन् । त्यसबेला नेपाली सेनासागसमेत नभएको एम. १६ राइफलले सु-सज्जित खम्पा विद्रोहीसाग राज्यले टक्कर लिनु राष्ट्रियताको बलियो उदाहरण थियो । किनकि भारत र सीआईएद्वारा संरक्षित खम्पासाग लड्ने मनोबल सच्चा राष्ट्रप्रेम नै थियो ।

यो विद्रोह दबाएपछि नेपाली शासकमा दलालपना हटेन बरु दिनानुदिन बढेर गयो । त्यसबेला पनि यो दलाली सुरु नभएको चाहिँ होइन तर त्यसको सापेक्षतामा कम नै थियो । अहिले त्यो खम्पा विद्रोहका रूपमा नेपाली मातृभूमि प्रयोग गर्दै पि|m तिब्बत र सेभ तिब्बतको नामबाट भइरहेको छ । यो आन्दोलन नियोजित र प्रयोजित दुवै हो भन्ने कुरामा शङ्का अवश्य छैन तर यसैको पृष्ठभूमिमा कथित हिमाल र हिमालीको सन्दर्भ जोडेर दोस्रो खम्पा विद्रोहको तयारी हुँदैछ, त्यो पनि नेपाली दलालहरूमार्फत । त्यसैले हिजो सीआईएले खम्पालाई तालिम र हतियार दिएर उक्साउने गथ्र्यो भने अहिले त्यो प्रक्रिया जटिल बनेकाले नयाँ शैली आत्मनिर्णयको अधिकार र स्वायत्तताको आवरणमा विखण्डनकारी गतिविधिमा उक्साइरहेका छन् ।

नेपाली जनता र हिमाली क्षेत्रमा बसोवास गर्ने उत्पीडित जनताहरू नेपाली विशिष्टताअनुसारको सङ्घीयता चाहन्छ र यो प्रक्रिया नेपाली जनताद्वारा नै ठोस भएको हेर्न चाहन्छ । तर यो प्रक्रियालाई अवरुद्ध पार्ने साम्राज्यवादको डिजाइनअनुसार खम्पा विद्रोहलाई पनि निरन्तरता दिनुपर्ने र नेपाली विशिष्टताअनुसारको जातीय, क्षेत्रीय र भाषिक आत्मनिर्णयको अधिकार, स्वशासन र स्वायत्ततालाई समेत भ्रमित पार्ने योजनाले यस्तो स्थिति पैदा भएको छ । नेपालको स्थिरता र माओवादीले भनेअनुसारको राज्यव्यवस्था, जातिको अधिकार सुनिश्चित भएको हेर्न नचाहने तत्त्व भनेको साम्राज्यवाद हो र तिनैको कठपुतली र दलालहरू हिमालीका नाममा मधेसी शैलीमा -लेन्डुप दोर्जे शैली) हिमालमा चलखेल सुरु भएको छ । नेपालको हिमाली क्षेत्रमा बसोवास गर्ने जनजाति, आदिवासीहरूलाई तिब्बती वा भोटे मूलको बनाएर र भावनात्मक एकता भएको देखाएर लैजाने कथित होडबाजी हामी शेर्पा जातिले स्वीकार गर्न सक्दैनौं । हामी परापूर्वकालदेखि शेर्पा जातिद्वारा परिचित छौं । हाम्रो अन्तर्राष्ट्रिय पहिचानसमेत शेर्पाबाट छ भने हामीले अहिले कथित भोटे वा हिमाली भन्नुपर्ने कुनै कारण छैन । साम्राज्यवादले पहिलेको खम्पा विद्रोहको शैलीमा चीनविरोधी जत्था तयार गर्न नसक्ने अवस्था देखेपछि हिमाली क्षेत्रमा बस्ने सबै जनजातिलाई भोटे बनाएर दोस्रो खम्पा विद्रोह गराउने कुटिल चाल चालेको छ । त्यो हामी स्वाभिमानी शेर्पा जातिका लागि कुनै पनि हालतमा मान्य हुने छैन । कुनै पनि जातिलाई आफ्नो जात लेख्ने वा नलेख्ने उसको वैयक्तिक स्वतन्त्रता हो तर हिमालमा बसेका आधारमा हिमाली कदापि हुन सक्दैन, मधेसमा बसेका सबै मधेसी होइनन् किनकी थारु, भोजपुरी, अवधि, मिथिला, कोच वा राजवंशीका छुट्टै पहिचान छन् भने हिमाली क्षेत्रमा बस्ने पनि आ-आफ्नो छुट्टाछुट्टै पहिचानद्वारा चिनिएका छन् । त्यसैले कथित हिमालीको नामबाट आफ्नो पहिचान गुमाउने र दलालको पोल्टामा जानेलाई हाम्रो कुनै सहमति छैन तर आफ्नो पहिचानका निमित्त लड्ने सबैलाई हाम्रो स्वागत छ । हरदम हामी सहयोग गर्न तयार छौं । कुनै पनि अराष्ट्रिय तत्त्वसाग साँठगााठ गरेर हाम्रो मुक्ति सम्भव छैन ।

हामी हाम्रो पहिचान र दायित्वबोध गर्नुपर्छ । दलाल लेन्डुप दोर्जे र गे वाङ्दी बनेर नेपाल सङ्घीय पनि हुँदैन र जातिलाई आत्मनिर्णयको अधिकार, स्वशासन र स्वायत्तता पनि प्राप्त हुँदैन । नेपाल तिब्बतबाट पलायन भएका र भारतको धर्मशालाबाट प्रशिक्षित लामाहरूको ट्रान्जिट प्वाइन्ट बन्नु, अन्य देशमा पि|m तिब्बत र सेभ तिब्बतको नारा जुलुस लगाउँदा पर्ने प्रभावभन्दा नेपालमा हुने प्रदर्शनले फरक प्रभाव पार्ने भएकाले हिमाली क्षेत्रलाई आधार किल्लामा रूपान्तरण गर्न सबै शेर्पा जातिलाई समेत भोटे वा दलाई लामाको दलाल बनाउने कार्यद्वारा प्रेरित हिमाली वा भोटे पदवाली नेपाली राष्ट्रियताका निम्ति अवश्य खतरापूर्ण छ । हामी लेन्डुप दोर्जे र गे वाङ्दीको दलाल बनेर न राष्ट्रियता जोगिन्छ न आत्मनिर्णयको अधिकार, स्वशासन र स्वायत्तता प्राप्त हुन्छ ? त्यसैले साम्राज्यवादको उत्साहटमा नेपाली विशिष्टता र मौलिकताअनुसारको राज्यव्यवस्थालाई ध्वस्त बनाउने, माओवादी विचारलाई असफल बनाउने, आत्मनिर्णयको अधिकारलाई दुरुपयोग गर्दै विखण्डनतिर लैजाने, भोकमरी पीडित विहारलाई राहत दिन एक मधेस एक प्रदेशको नाममा नेपाललाई सिक्किमीकरण गर्ने र तीव्रगतिमा उन्नतितिर लम्किरहेको चीनलाई तिब्बत मामिला चर्काएर चीनको ध्यान मोड्ने उद्देश्यबाट प्रेरित एक हिमाल एक प्रदेशको नारा आमआदिवासी जनजातिहरूका लागि दलाल लेन्डुप दोर्जे र गे वाङ्दी बन्नुहुनेछ । त्यसैले दलाल लेन्डुप दोर्जे र गे वाङ्दीलाई बेलैमा चिन्नु जरुरी छ ।

प्रमुख समाचर